मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कृषिमन्त्री अधिकारीले राजीनामा दिए

2K
SHARES
कृषिमन्त्री अधिकारीले राजीनामा दिए

काठमाडौं । जेन–जी पुस्तामाथि भएको आन्दोलनप्रतिको सरकारी व्यवहारको जिम्मेवारी लिँदै कृषिमन्त्री रामनाथ अधिकारीले सोमबार पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले आफू पदमा रहिरहन अपराधबोध भएको उल्लेख गर्दै जनतासँग क्षमायाचना समेत गरेका छन् । उनले भने, “देश निर्माणमा साथ दिनुपर्ने पुस्तासँग राज्यले युद्धसरह व्यवहार गरेको घटनापछि सत्तामा बसिरहन मेरो अन्तरात्माले अनुमति दिएन, त्यसैले म पदत्याग गर्छु ।”

राजीनामासँगै उनले आफ्नो जिम्मेवारी निर्वाहमा चुकेको स्वीकार गर्दै सरकार र नागरिक समक्ष नैतिक क्षमा मागेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP