मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी केन्द्रद्वारा मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु

2.2K
SHARES
माओवादी केन्द्रद्वारा मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थगित गरिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गरेको छ । बर्खाको कारण रोकिएको अभियान शनिबार पोखराबाट औपचारिक रूपमा पुनः प्रारम्भ गरिएको हो ।

पोखराको रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा आयोजित कार्यक्रमबाट अभियानको पुनः सुरु गरिएको हो । कार्यक्रम सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गरेर प्रारम्भ गरिएको थियो । २०५८ सालमा तत्कालीन राज्य पक्षद्वारा हत्या गरिएका खनाल शिक्षक समेत थिए । उनका जेठो छोरा प्रदीप खनाल २०६० सालदेखि बेपत्ता छन् ।

सहिद खनालकी श्रीमती राधिका खनाल, छोरी सर्मिला खनाल र छोरा सुदीप खनाल सबै कार्यक्रममा सहभागी थिए । सर्मिला र सुदीप माओवादी केन्द्रमा राजनीतिक रूपमा सक्रिय छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रममा बोल्दै ‘जनयुद्ध’लाई ऐतिहासिक क्रान्ति भन्दै सहिदहरूको बलिदानकै कारण गणतन्त्र र संविधान सम्भव भएको बताए । उनले आफूले पहिलो कार्यकालमा नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रयास गरेको तर तेस्रो कार्यकालमा मात्रै त्यसलाई पूर्णता दिन सफल भएको बताए ।

प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध अझ बलियो बनाउन पार्टीले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

साउन १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयअनुसार, भदौ २१ गतेदेखि बाँकी जिल्लाहरूमा पनि यो अभियान सञ्चालन हुने तय भएको छ ।

अध्यक्ष प्रचण्ड शनिबार साँझ लमजुङको करापुटार, मध्यनेपाल नगरपालिकामा पुगिसकेका छन् । अभियान अन्तर्गत उनी विभिन्न जिल्लामा सहभागी हुँदै जनसंवाद कार्यक्रमहरूमा पनि सहभागी हुनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP