मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगातार वर्षासँगै देशभर बाढीको जोखिम, ५१ जिल्लाका बासिन्दालाई सतर्क रहन सुझाव

2.4K
SHARES
लगातार वर्षासँगै देशभर बाढीको जोखिम, ५१ जिल्लाका बासिन्दालाई सतर्क रहन सुझाव

काठमाडौं । मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहेकाले देशभर बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीका साथै तिनका सहायक नदीहरू कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव अहिले सतर्कता तहभन्दा तल भए पनि निकट भविष्यमा बढ्ने सम्भावना रहेको छ ।

दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढी आउने उच्च जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ ।

त्यस्तै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्लामा पनि ससाना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने अनुमान गरिएको छ ।

कुल ५१ जिल्लाका बासिन्दालाई बाढीबाट सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP