मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘कोसेली भनेकै थोर्गेली गुँड’: अर्गानिक उत्पादनमार्फत रुरु क्षेत्रको पहिचान

2.2K
SHARES
‘कोसेली भनेकै थोर्गेली गुँड’: अर्गानिक उत्पादनमार्फत रुरु क्षेत्रको पहिचान

काठमाडौं । रुरु उत्थान कृषक समूहले ‘कोसेली भनेकै थोर्गेली गुँड’ भन्ने नारासहित शतप्रतिशत अर्गानिक गुँडलाई बजारमा प्रवद्र्धन गर्ने अभियान थालेको छ ।

गुल्मीको थोर्गामा उत्पादन गरिएको गुँडको प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा समूहले आफ्नो उत्पादन प्रदर्शन गरेको थियो । कार्यक्रममा नेता प्रदीप ज्ञवाली, रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र पूर्वमुख्यसचिव लिलामणि पौडेलको उपस्थितिमा गुँड र गुँडजन्य चकलेट सार्वजनिक गरिएको थियो ।

समूहका अध्यक्ष चिरञ्जिवी गौतमका अनुसार, गुँड पूर्ण रूपमा अर्गानिक र स्वास्थ्यवर्द्धक छ । यसले पाचन प्रणाली सुधार गर्ने, रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ हटाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने बताइयो । साथै, रक्तअल्पता रोक्ने, चिसो(खोकी कम गर्ने, हड्डी मजबुत बनाउने लगायतका फाइदा हुने पनि उनले जनाए ।

गौतमले यस उत्पादनलाई कोसेलीका रूपमा स्थापित गर्ने योजना रहेको भन्दै निकट भविष्यमा थाइल्याण्ड र फ्रान्समा निर्यात प्रक्रिया अघि बढिसकेको बताए । रुरु क्षेत्रमा ५ सय रोपनीभन्दा बढी जग्गामा उखु खेती विस्तार गरिएको र छिट्टै गुन्द्रुक तथा मस्यौरा पनि बजारमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

नेता प्रदीप ज्ञवालीले रुरु क्षेत्रको पहिचानको रूपमा यो गुँड स्थापित हुने विश्वास व्यक्त गर्दै सबै गुल्मेलीले यसको प्रबद्र्धनमा योगदान दिनुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्पादनलाई अझ अर्गानिक बनाउन ध्यान दिनुपर्ने र सहकारी मोडेलमार्फत बजार विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । पूर्वमुख्यसचिव लिलामणि पौडेलले यसले क्षेत्रको आर्थिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

हाल यो गुँड राजधानीको कलंकीस्थित एनविटि भवनमा प्रतिकिलो ४०० रुपैयाँमा उपलब्ध छ । साथै गुँडजन्य चकलेट प्रति प्याकेट २५० रुपैयाँमा बिक्री सुरु गरिएको समूहका अध्यक्षले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP