मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिको भेट

1.6K
SHARES
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल–भियतनाम सम्बन्धलाई अझ सशक्त बनाउन व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा व्यापक सम्भावना रहेको उल्लेख गरे। उनले नेपाल सरकार द्विपक्षीय सहकार्यलाई तीव्र बनाउन इच्छुक रहेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति पौडेलका अनुसार नेपाल हाल कृषि, पर्यटन, उत्पादन तथा जलविद्युतजस्ता क्षेत्रमार्फत आर्थिक र सामाजिक रूपान्तरणमा केन्द्रित छ । भियतनामले छोटो समयमै आफ्नो अर्थतन्त्रलाई विश्वका गतिशील अर्थतन्त्रमध्ये एकका रूपमा स्थापित गर्न सफल भएकोमा उनले प्रसन्नता व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP