मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बाढी–पहिरोको असरः पाँच स्थानमा राजमार्ग पूर्ण अवरुद्ध, सात ठाउँमा आंशिक आवागमन

3.6K
SHARES
देशभर बाढी–पहिरोको असरः पाँच स्थानमा राजमार्ग पूर्ण अवरुद्ध, सात ठाउँमा आंशिक आवागमन

काठमाडौं । देशका विभिन्न भागमा लगातारको वर्षाका कारण उत्पन्न बाढी र पहिरोले राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान १० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हाल देशका कम्तीमा पाँच स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने सात स्थानमा एकतर्फी आवागमन मात्र सम्भव छ ।

प्रहरीका अनुसार, सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ । त्यस्तै, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा पर्ने नेपाल–चीन नाका जोड्ने पुल तथा सोही गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ ।

उता, गल्छी त्रिशूली–मै‌लुङ–स्याफ्रु सडक खण्डको उत्तरगया गाउँपालिका–५ अन्तर्गतको भाग पनि पूर्ण रूपमा सञ्चालन बाहिर छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा पर्ने जाजरकोट–डोल्पा भेरी करिडोर सडक बाढीले बगाएपछि त्यहाँको यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चालक र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ । साथै, अवरुद्ध सडक खुलाउने प्रयास स्थानीय प्रशासन, सडक डिभिजन र नेपाली सेनाको सहकार्यमा जारी रहेको जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १७, शनिबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP