मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरी–१ बाट हर्क साम्पाङ विजयी, ८ हजार ४९२ मतान्तरले जित

754
SHARES
सुनसरी–१ बाट हर्क साम्पाङ विजयी, ८ हजार ४९२ मतान्तरले जित

काठमाडौं । सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धीलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत पाइन् ।

धरान उपमहानगरपालिकाका मेयर रहेका साम्पाङले प्रतिनिधिसभा चुनाव लड्नका लागि पदबाट राजीनामा दिएका थिए ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।

जेन्जी आन्दोलनपछि साम्पाङले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए । दर्ता भएको केही महिनामै उक्त पार्टीले प्रत्यक्षतर्फ दुई सिट जित्न सफल भएको छ । पार्टीका महासचिव आरेन राई खोटाङबाट निर्वाचित भएका छन् ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा साम्पाङ धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका थिए । धरानमा देखिएको खानेपानी समस्यालाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएका उनले त्यतिबेला उल्लेखनीय समर्थन पाएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २४, आईतवार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP