मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना

832
SHARES
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि बढी बदली देखिएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा प्रायः पूर्ण बदली रहनेछ भने पहाडी क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा पनि यस्तै खालको मौसम गतिविधि देखिन सक्ने जनाइएको छ ।

आज राति पनि मौसममा खासै सुधार नआउने संकेत गरिएको छ । हिमाली भूभागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेस प्रदेशसहित पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै तराईका एक–दुई स्थानमा पनि यस्ता गतिविधि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १३, शुक्रबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP