मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा अब सहजः अध्यागमन विभागले ल्यायो लचिलो व्यवस्था

2.5K
SHARES
भिजिट भिसा अब सहजः अध्यागमन विभागले ल्यायो लचिलो व्यवस्था

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसा प्रक्रियामा नयाँ र लचिलो प्रावधान लागू गरेको छ । यही कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले नयाँ व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएको हो ।

यससँगै २०८० माघ १० देखि लागू रहेको पुरानो छ बुँदे मापदण्ड खारेज भएको विभागले जनाएको छ । विभागका अनुसार नयाँ प्रणालीले भिजिट भिसा प्रक्रियालाई सरल, स्पष्ट र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ ।

नयाँ व्यवस्थाअनुसार अब भिजिट भिसामा विदेश जान चाहने नेपालीले चार प्रमुख कागजात पेश गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी ।
२. सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) — अन–अराइभल भिसा प्राप्त हुने मुलुकका हकमा प्रवेशाज्ञा आवश्यक नहुने ।
३. गन्तव्यसम्मको हवाइ टिकट ।
४. स्वघोषणा पत्र, जसमा व्यक्तिले भ्रमणको उद्देश्य, त्यसका लागि आवश्यक कागजात भएको र भ्रमणबाट सिर्जित परिणामप्रति स्वयं जिम्मेवार हुने व्यहोरा उल्लेख गर्नुपर्नेछ ।

विभागले नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य, यात्रा उद्देश्य र आवश्यक कागजातका बारेमा पूर्ण रूपमा सुसूचित भई यात्रा गर्न अनुरोध गरेको छ ।

नयाँ प्रावधानले भिजिट भिसा लिनुपर्ने प्रक्रिया छोट्याएको र यात्रुहरूलाई थप सहज र जिम्मेवार बनाउने अपेक्षा गरिएको विभागको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP