मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नख्खु कारागार खालीः जेनजीको प्रदर्शनपछि सबै कैदी मुक्त

1.7K
SHARES
नख्खु कारागार खालीः जेनजीको प्रदर्शनपछि सबै कैदी मुक्त

काठमाडौं । जेनजी पुस्ताद्वारा सञ्चालित उग्र प्रदर्शनको परिणामस्वरूप ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदीहरू बाहिर निस्केका छन् ।

रास्वपाका सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र भएपछि कारागार छाड्न सफल भएका हुन् ।

प्रदर्शनकारीहरू कारागार परिसरमा पुगेसँगै प्रशासन असहाय बनेको र नियन्त्रण गुमाएको बताइएको छ । सोही क्षणको फाइदा उठाउँदै सम्पूर्ण कैदीहरू निस्किएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार अहिले कारागार पूर्णरूपमा खाली छ ।

यसअघि सोमबार र मंगलबार भएको प्रदर्शन हिंसात्मक रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । जेनजी आन्दोलनले भयावह मोड लिँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ भने राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च सरकारी कार्यालयमा आगजनी भएको छ । धेरै संरचना ध्वस्त भएका छन् ।

घटनाक्रम तीव्र रूपमा विकसित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP