मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्ड–विप्लव भेटः माओवादी एकताबारे छलफल प्रारम्भ

2.2K
SHARES
प्रचण्ड–विप्लव भेटः माओवादी एकताबारे छलफल प्रारम्भ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित चन्दको निवासमा भेटवार्ता भएको छ ।

चन्दको सचिवालयका अनुसार प्रचण्डलाई घरमै फूल दिएर स्वागत गरिएको थियो । दुई नेताबीच भएको भेटलाई माओवादी आन्दोलनलाई फेरि एउटै धारातर्फ लैजाने प्रयासको सुरुवाती संकेतका रुपमा हेरिएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले केही समयअघि नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको भए पनि त्यसका लागि कार्यदल अझै बनेको छैन । नेताहरूको भेटलाई कार्यदल गठन र प्रक्रिया सुरु गर्ने तयारीको आधारका रूपमा पनि लिइएको छ ।

नेकपाले भने आगामी भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा एकता प्रस्तावबारे निर्णय गर्ने बताएको छ । यस कारण प्रचण्ड र विप्लवबीचको संवादलाई त्यस बैठकलाई सहज बनाउन भएको पहलको रुपमा विश्लेषण गरिन्छ ।

पार्टी एकता मात्र नभई पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक गतिरोध, संसद्को कार्यक्षमता, तथा सत्ता समीकरणसम्बन्धी मुद्दामा पनि दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ । राजनीतिक स्थायित्व र बाम आन्दोलनलाई पुनः एकीकृत गर्ने प्रयासका रूपमा यस भेटलाई महत्त्वका साथ हेरिएको छ ।

यसअघि पनि दुवै नेताबीच अनौपचारिक सम्पर्क र छलफल भइरहे पनि निवासमै पुगेर भएको भेटलाई प्रतीकात्मक रूपमा विशेष मानिएको छ । प्रचण्ड र विप्लव दुवैको लामो भूमिगत संघर्ष, विचारधारात्मक समानता र साझा राजनीतिक पृष्ठभूमि भएकाले एकता प्रक्रियामा दुवै नेताको सक्रियता निर्णायक हुने देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP