मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे, मन्त्रीहरूको प्रश्नोत्तर

2.2K
SHARES
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे, मन्त्रीहरूको प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा गृह, श्रम, खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सक परिषद (पहिलो संशोधन) विधेयक, २०८२’ विचारार्थ प्रस्तुत गर्ने छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन् ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहित वैकल्पिक वित्त परिचालन विधेयक, २०८२’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP