मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समृद्धिको लागि नीतिगत सुधार अपरिहार्य: अध्यक्ष प्रचण्ड

2.1K
SHARES
समृद्धिको लागि नीतिगत सुधार अपरिहार्य: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धि हासिल गर्न राज्य संरचनामा नीतिगत रूपान्तरण आवश्यक रहेको बताएका छन्।

सोमबार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (CNI) का हालै निर्वाचित पदाधिकारीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले देशको समग्र आर्थिक सोचमा आमूल परिवर्तन आवश्यक रहेको धारणा राखे ।

उनले निजी क्षेत्रको योगदानलाई मुलुकको विकासमा निर्णायक भूमिका भएको उल्लेख गर्दै त्यसलाई अझ प्रभावकारी बनाउन राज्यको माइन्डसेट नै बदल्नु पर्ने आवश्यकता औँल्याए ।

ूनिजी क्षेत्रलाई सहज र सक्षम वातावरण तयार पार्न राज्यले नीतिगत सुधार गर्नैपर्छ,’ उनले भने, ‘समृद्ध नेपाल निर्माणका लागि अब सोच्ने तरिका बदल्नुको विकल्प छैन ।’

भेटमा प्रचण्डले निजी क्षेत्रलाई साथ लिएर मात्र आर्थिक लक्ष्य हासिल गर्न सकिने भन्दै सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP