मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

390
SHARES
विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

काठमाडौं । विपक्षी दलहरूको अवरोध र नाराबाजीका बीच प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दै अनुमोदन गरेको हो ।

बैठकको सुरुवातदेखि नै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका थिए । केही सांसदहरूले बैठक बहिष्कार गर्दै बाहिरिएका थिए भने केहीले उभिएर असन्तुष्टि प्रकट गरेका थिए । विरोधका कारण केही समय बैठक तनावपूर्ण बनेको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । उनले सरकारको प्राथमिकता, आर्थिक योजना र विकासका कार्यक्रमबारे स्पष्ट पार्ने प्रयास गरेका थिए । जवाफपछि सभामुख डोलप्रसाद अर्यालले थप स्पष्टीकरण वा प्रतिक्रिया दिन सांसदहरूलाई समय दिएका भए पनि कुनै सदस्यले त्यसको उपयोग गरेनन् ।

यसैबीच, विपक्षी सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू फिर्ता लिन सभामुखले आग्रह गरेका थिए । तर विरोध जारी रहेकाले ती प्रस्ताव फिर्ता नभएको भन्दै सभामुखले संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेका थिए । मतदान प्रक्रियामा बहुमतले सबै संशोधन प्रस्ताव अस्वीकृत गरेको थियो । सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका ३५ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

यसअघि वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १, शुक्रबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP