मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही समय सेवा प्रभावित हुन सक्ने

1.2K
SHARES
नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही समय सेवा प्रभावित हुन सक्ने

काठमाडौं । राहदानी विभागले राहदानी सेवा व्यवस्थापनका लागि नयाँ प्रविधि आधारित प्रणाली लागू गर्ने तयारी गरेको छ । प्रणाली परिवर्तनको प्रक्रियाका कारण केही समय सेवा प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण (स्विच) हुने क्रममा राहदानी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता भइसकेको छ र अब नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेको छ । आगामी एकदेखि दुई महिनाभित्र पुरानो प्रणाली हटाएर नयाँ प्रणाली सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ ।

प्रणाली परिवर्तनको चरणमा विभिन्न निकायबाट उपलब्ध गराइने राहदानी सेवा केही समयका लागि प्रभावित हुन सक्ने विभागले जनाएको छ । सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि दुई सातासम्म बन्द हुन सक्छ । त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने सेवा पनि करिब एक सातासम्म प्रभावित हुन सक्ने जनाइएको छ ।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि त्यसलाई स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागको भनाइ छ । यस अवधिमा राहदानी तयार भई सेवाग्राहीसम्म पुग्न सामान्यभन्दा बढी समय लाग्न सक्ने जनाइएको छ ।

विभागले आगामी छ महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई सम्भव भएसम्म अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट सेवा लिन आग्रह गरेको छ ।

नयाँ प्रणाली लागू हुने मिति र सो अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी पछि सार्वजनिक गरिने विभागले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP