मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल सधैँ एक चीन नीतिप्रति दृढ : सञ्चारमन्त्री खरेल

3.1K
SHARES
नेपाल सधैँ एक चीन नीतिप्रति दृढ : सञ्चारमन्त्री खरेल

काठमान्डु । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीनबीच लामो समयदेखि असल छिमेकीको सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै नेपाल सधैँ एक चीन नीतिप्रति दृढ रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

बिहीबार काठमान्डुमा सम्पन्न चौथो संस्करणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास, समृद्धि र आपसी सद्भावका लागि चीन सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

उनले विशेषगरी नेपालको पूर्वाधार विकासमा चीनले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । साथै आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा चीनको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

“चीन नेपालका लागि दीर्घकालीन र भरपर्दो मित्र राष्ट्र हो,” मन्त्री खरेलले भने, “नेपालको समग्र विकासमा चीन सरकार र चिनियाँ जनताले पुर्‍याएको योगदानप्रति म आभार व्यक्त गर्न चाहन्छु ।”

कार्यक्रममा नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धका विविध पक्षबारे चर्चा गरे ।

दक्षिण एसिया नेटवर्क टेलिभिजन र नेपाल–चाइना मिडिया फोरमको संयुक्त आयोजनामा सम्पन्न उक्त समिटमा नेपाली तथा चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिहरूबीच अन्तर्राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३, बिहीबार १४:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP