मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा चिनियाँ परम्परागत चिकित्सा प्रवर्द्धनमूलक कार्यक्रम सम्पन्न, नेपाल–चीन सहकार्य बलियो बनाउने विश्वास

2.6K
SHARES
काठमाडौंमा चिनियाँ परम्परागत चिकित्सा प्रवर्द्धनमूलक कार्यक्रम सम्पन्न, नेपाल–चीन सहकार्य बलियो बनाउने विश्वास

काठमाडौं । चिनियाँ परम्परागत चिकित्सा प्रणाली (Traditional Chinese Medicine–TCM) को प्रवर्द्धन तथा सहकार्य विस्तार गर्न काठमाडौंको रेडिसन होटलमा विशेष कार्यक्रम सम्पन्न भएको छ । चीन सरकारको सहकार्यमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि रहेका थिए ।

पूर्वमन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाल जस्तो भौगोलिक विविधता भएको मुलुकमा वैकल्पिक चिकित्सा प्रणालीले दूरदराजका जनतासम्म स्वास्थ्य सेवा पु¥याउन ठूलो भूमिका खेल्न सक्छ। चिनियाँ चिकित्सा प्रणालीको समृद्ध इतिहासबाट नेपालले धेरै सिक्ने अवसर पाउनेछ ।’

कार्यक्रममा TCM को विकासक्रम, आधुनिक जीवनशैलीसँगको अनुकूलता र नेपाल–चीन सम्बन्धमा यसको योगदानबारे गहन छलफल गरिएको थियो । चीनबाट आएको विशेषज्ञ टोलीले एक्युपञ्चर, हर्बल औषधि, तुना मसाज र ची गोंग विधिहरूको जीवन्त प्रस्तुति दिएका थिए । साथै, उनीहरूले नेपाली स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिने योजना रहेको जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले नेपालमा वैकल्पिक चिकित्सा प्रणाली विस्तारका लागि चीनसँगको सहकार्यलाई सकारात्मक कदमको रूपमा ब्याख्या गरे । ‘ग्रामीण क्षेत्रमा पहुँच सहज बनाउन यस्ता विधि प्रभावकारी बन्न सक्छन्,’ उनले बताए।

कार्यक्रममा स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । आयोजकले यो कार्यक्रम नेपाल–चीन जनस्तरीय सम्बन्धमा थप मजबुती ल्याउनुका साथै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन्।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP