मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल-२: आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने

3.6K
SHARES
एनपीएल-२: आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् । खेल आज (बुधबार) दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले समालिरहेका छन् ।

विराटनगरले तीन खेलमा जित निकाल्दै ६ अंक जोडिसकेको छ भने दुई खेल खेलेको चितवनको दुई अंक मात्र छ ।

यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ । यो सिजन दुई खेलमा रवि बोपाराले दुई अर्धशतक बनाइसकेका छन् । सर्वाधिक विकेट लिनेमा लामिछाने शीर्ष स्थानमा छन् । उनले दुई खेल खेल्दा सात विकेट लिइसकेका छन् ।

प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेको विराटनगरले हालसम्म खेलेका खेलमा हार व्यहोर्नु परेको छैन । पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकालेको थियो भने तेस्रो खेलमा जनकपुरमाथि ९ रनको रोमाञ्चक जित निकालेको थियो ।

अंक तालिकामा सुदूरपश्चिम र विराटनगरको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा छ ।

चितवन भने तालिकाको पाँचौं स्थानमा छ । पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले हार व्यहोरेको हो ।

दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रनेछन् । विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक छ । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ । चार खेलमा चार अंक बनाएको काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा छन् । जनकपुर र पोखराले भने दुईदुई खेल खेल्दासमेत अंकविहिन छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म चल्नेछ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यस्तै लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार निर्धारण गरिएको छ भने प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP