मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेस काउन्सिल नेपालको वेबसाइट ह्याक, सेवा अवरुद्ध

1.6K
SHARES
प्रेस काउन्सिल नेपालको वेबसाइट ह्याक, सेवा अवरुद्ध

काठमाडौं । प्रेस काउन्सिल नेपालको आधिकारिक वेबसाइट शुक्रबार अपरान्ह ह्याक भएको छ । काउन्सिलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वेबसाइटमा समस्या आएको पुष्टि गर्दै त्यसको समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको जनाएको छ ।

काउन्सिलले सामाजिक सञ्जालमा लेखेको छ, “काउन्सिलको वेबसाइटमा भरखरै समस्या आएको (ह्याक भएको) ले समस्या समाधानको प्रयास भइरहेको जानकारी गराइन्छ ।”

ह्याकपछि हाल प्रेस काउन्सिलको वेबसाइट पूर्ण रूपमा सञ्चालनविहीन बनेको छ । कसले र किन वेबसाइट ह्याक गर्‍यो भन्नेबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

प्रेस काउन्सिलका अनुसार प्राविधिक टोलीले साइट पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ र आवश्यक जाँचपछी थप जानकारी सार्वजनिक गरिनेछ ।

सूचना प्रविधिको दुरुपयोगका घटनामा पछिल्लो समय बृद्धि भइरहेका बेला पत्रकारिता नियमन गर्ने सरकारी निकायकै वेबसाइट ह्याक हुनु गम्भीर सुरक्षा चुनौतीको संकेतका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP