मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामधुनीमा सफारी चालक हत्या प्रकरण: सुटरसहित ७ जना पक्राउ, साढे ६ लाख सुपारीमा हत्या

507
SHARES
रामधुनीमा सफारी चालक हत्या प्रकरण: सुटरसहित ७ जना पक्राउ, साढे ६ लाख सुपारीमा हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा दशैँलगत्तै भएको सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या प्रकरणमा संलग्न रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी प्रहरीले हत्या योजनामा संलग्न मुख्य योजनाकारदेखि सुटरसम्म पक्राउ परेको जानकारी दिएको छ । प्रहरीले सार्वजनिक गरेका आरोपितहरूमा राजेश साह, नन्दकिशोर साह, मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन् ।

पुरानो रिसिवी र तन्त्र–मन्त्रको आरोपबाट सुरु हत्या योजना
अनुसन्धानबाट प्राप्त विवरणअनुसार, राजेश साहले चौधरीले आफूलाई तन्त्रमन्त्र गरेर बिरामी पारेको शंका गर्दै हत्या योजना बनाएको पाइएको छ । सोही आरोप र पुरानो रिसिवीका कारण राजेशले चौधरीलाई हटाउने निर्णय गरेको प्रहरीले बताएको छ ।

६ लाख ५० हजारमा सुटर भाडामा
हत्या कार्यान्वयन गर्न राजेशले सुटर मोहम्मद इव्राइम मियालाई ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएको खुलासा भएको छ । सो रकममध्ये ३ लाख रुपैयाँ अग्रिम रूपमा नै बुझाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार, सबै पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २२, सोमबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP