मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनाङ–२ उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता खुला

1.5K
SHARES
मनाङ–२ उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ मा रिक्त स्थान भर्ने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले जानकारी दिएअनुसार आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । यसमा भाग लिन आयोगमा दर्ता भएका दलहरूले अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया पूरा गर्न सकिने आयोगले जनाएको छ । यसअन्तर्गत दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ । निवेदन राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उक्त प्रदेशसभा सिट निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै रिक्त भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP