मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीलाई आचरण सच्याउन निर्देशनः अश्लील र द्विअर्थी भाषा प्रयोग नगर्नू

1.8K
SHARES
प्रहरीलाई आचरण सच्याउन निर्देशनः अश्लील र द्विअर्थी भाषा प्रयोग नगर्नू

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मातहतका अधिकारी तथा कर्मचारीलाई सेवाग्राही वा सहकर्मीबीच असभ्य, अश्लील वा द्विअर्थी भाषा प्रयोग नगर्न निर्देशन दिएको छ ।

हालै प्राप्त गुनासोका आधारमा महानिरीक्षकको सचिवालयअन्तर्गतको सुपरिवेक्षण तथा अनुगमन महाशाखाले काठमाडौं उपत्यकास्थित प्रहरी कार्यालयदेखि सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन विभागसम्म परिपत्र पठाएर यस्तो आचरण तत्काल सुधार गर्न आग्रह गरेको हो ।

महाशाखाले विशेषगरी केही वरिष्ठ अधिकृतहरूले अपेक्षित शिष्टाचार र नैतिक मूल्य आत्मसात नगरेको देखिएको भन्दै यसले नागरिक–प्रहरी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ । त्यसैले शालीनता, नम्रता र जिम्मेवारीपूर्ण व्यवहारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP