मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट दुखाइको निहुँमा अस्पताल ल्याइएकी किशोरीले दिइन् शिशु जन्म, बलात्कारको आरोपमा एकजना पक्राउ

2.9K
SHARES
पेट दुखाइको निहुँमा अस्पताल ल्याइएकी किशोरीले दिइन् शिशु जन्म, बलात्कारको आरोपमा एकजना पक्राउ

काभ्रेपलाञ्चोक । साउन २० गते पेट दुखाइको गुनासोसहित अस्पताल ल्याइएकी सिन्धुपाल्चोककी एक किशोरीले सोही दिन शिशु जन्माइन् । अविवाहित किशोरीले अकस्मात् बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती किशोरीले बलात्कारका कारण गर्भवती भएको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार किशोरीले विभिन्न समयमा जबरजस्ती करणी भएको बयान दिएकी हुन् । यस आधारमा प्रहरीले सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पीडित किशोरीले बलात्कार र त्यसबाट गर्भ रहेको विषयमा सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेट दुखेको भनेर ल्याइएकी किशोरी गर्भवती रहेको परिवारले समेत नबुझेको देखिन्छ,’ प्रवक्ता खरेलले बताए ।

घटनाको संवेदनशीलता र गाम्भिर्यतालाई ध्यानमा राख्दै प्रहरीले पक्राउ परेका व्यक्तिमाथि जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान जारी राखेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP