मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

2.6K
SHARES
धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

धनुषा । नेपाल–भारत सीमा नजिक धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबी क्षेत्रमा सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गर्दा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

बिहीबार साँझ करिब ७ बजेतिर तस्करीको सामान सीमा पार गराई स्थानीय आँपबगैंचामा लुकाइएको सूचना पाएपछि ३० जनाको सशस्त्र प्रहरी टोली उक्त स्थानमा पुग्दा तस्करहरुले एक्कासि घरेलु हतियार, ढुंगा, लाठी र भाटासहित आक्रमण गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले जानकारी दिए ।

उक्त घटनामा घाइते भएका प्रहरीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने आक्रमणकारीको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP