मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नौ वर्षीय सौतेनी छोराको हत्या गरेकी महिला २३ वर्षपछि काठमाडौंबाट पक्राउ

3.3K
SHARES
नौ वर्षीय सौतेनी छोराको हत्या गरेकी महिला २३ वर्षपछि काठमाडौंबाट पक्राउ

दाङ । करिब २३ वर्षअघि नौ वर्षीय सौतेनी छोराको हत्या गरी फरार रहेकी महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया वसन्ता शर्मा पण्डितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । ती महिला काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट मंगलबार बिहान पक्राउ परेकी हुन् ।

२०५९ साल असार १९ गते वसन्ताले सौतेनी छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेपछि शव मलखादमा गाडेकी थिइन् । सो घटनामा जिल्ला अदालत दाङले २०६० साल असोज २६ गते उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तर, पुनरावेदन अदालत नेपालगञ्जले सोही वर्ष माघ ३ गते सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार भएकी थिइन् ।

वसन्ता काठमाडौंमा छोरा केशवराज शर्मासँग लुकीछिपी बस्दै आएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खटिएको थियो । टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उनलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालत पठाएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP