मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुर्खेतमा श्रीमतीको ज्यान लिने श्रीमान् पक्राउ

2.6K
SHARES
सुर्खेतमा श्रीमतीको ज्यान लिने श्रीमान् पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित सुगरखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ४२ वर्षीय दानसिंह ठाडामगरले शनिबार राति ४१ वर्षीया पत्नी रविनामाथि काठको गोट्ठा प्रहार गरी हत्या गरेका हुन् । सो काठ खाटको खुट्टा बनाउने प्रयोजनका लागि राखिएको थियो ।

प्रहरी प्रवक्ता मोहनजङ्ग बुढथापाका अनुसार रविनामाथि उनी सुतिरहेकै अवस्थामा आक्रमण गरिएको थियो । घटनास्थलमै रविनाको ज्यान गएको स्थानीयले पुष्टि गरेपछि उनीहरूले नजिकैको अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेका थिए ।

खबर पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर दानसिंह ठाडामगरलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP