मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवित व्यक्तिलाई मृत देखाएर अनुदान हडप्न खोज्दा…

2.6K
SHARES
जीवित व्यक्तिलाई मृत देखाएर अनुदान हडप्न खोज्दा…

दार्चुला । कृषि अनुदान रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत घोषित गरी नक्कली कागजात पेस गरेको अभियोगमा दार्चुलामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन् । जनकसिंह मालिकार्जुन कृषक समूहका अध्यक्ष हुन् भने उनी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा पनि हुन् ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो । दाहालका अनुसार लिखतसम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघातसम्बन्धी किटानी जाहेरीको आधारमा उनीहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

अनुसार, ‘ओखर पकेट क्षेत्र’ कार्यक्रम अन्तर्गत दुई लाख २० हजार रुपैयाँको अनुदान लिन सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भनी झूटो विवरण तयार पारिएको थियो । आरोपितहरूले ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखामा हस्ताक्षर परिवर्तन गरिदिन माग गर्दै सो नक्कली पत्र पेस गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०४:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP