मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युके र कतारमा रोजगारी दिने भन्दै ५८ लाख ठगी, काठमाडौंबाट दुई जना पक्राउ

2.4K
SHARES
युके र कतारमा रोजगारी दिने भन्दै ५८ लाख ठगी, काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको मिठो सपना देखाएर ५८ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । युके र कतार पठाइदिने भन्दै ठगीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ की ३१ वर्षीया नबिना दाहाल घिमिरे र सर्लाहीको कौडेना गाउँपालिका–४ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ मा बस्दै आएका लछुमन साह तेली छन् ।

प्रहरीका अनुसार नबिनाले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख रुपैयाँ असुलेकी थिइन् । लछुमनले भने कतार पठाउने बहानामा तीन व्यक्तिबाट ६ लाख रुपैयाँ लिएका थिए । रकम लिएको केही समयमै दुबै जना पीडितसँग सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले नबिनालाई मंगलबार काठमाडौंको सुन्धाराबाट र लछुमनलाई बुधबार काँडाघारीबाट पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध वैदेशिक रोजगारसम्बन्धी कसुरमा अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १२, बिहीबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP