मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा बढुवा, २ हजार १९६ जनाको नाम सिफारिस

3K
SHARES
सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा बढुवा, २ हजार १९६ जनाको नाम सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्मका २ हजार १९६ जना सुरक्षाकर्मीको बढुवा गरिएको छ ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, हालै सम्पन्न बढुवा प्रक्रियाबाट वरिष्ठ सईमा ११ जना, सईमा ३४ जना र लेखा उपसमूहतर्फ सईमा ६ जना गरि जम्मा ५१ जना अधिकृत दर्जामा बढुवा भएका छन् ।

त्यस्तै, अन्य श्रेणीमा वरिष्ठ हवल्दार ६०३ जना, हवल्दार ७५९ जना र सहायक हवल्दार ७८३ जना गरी २ हजारभन्दा बढीको बढुवा निर्णय गरिएको हो ।

सशस्त्र प्रहरी मुख्यालयले सूचना प्रकाशित गर्दै सम्बन्धित दर्जाका सुरक्षाकर्मीलाई तोकिएको समयसीमाभित्र बढुवा फाराम बुझाउन आग्रह गरेको थियो । वरिष्ठ सई र सईस्तरका लागि १० दिन र हवल्दारस्तरका लागि १५ दिनको समय दिइएको थियो ।

बढुवा फारामसँगै उम्मेदवारहरूले शैक्षिक योग्यता र आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपि समेत पेश गर्नुपर्ने व्यवस्था थियो । फाराम बुझाइएको झण्डै एक महिनापछि बढुवा निर्णय सार्वजनिक गरिएको हो ।

साथै, सह–प्रवक्ता थापाका अनुसार, बाँकी रिक्त पदहरूमा समेत चाँडै बढुवा प्रक्रिया सुरु गरिने तयारी भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १६, सोमबार ०७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP