मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चितवनबाट गरियो लोडसेडिङको सुरुवात, तीन समयको चरणमा ६ घण्टा विद्युत् कटौती

1.9K
SHARES
चितवनबाट गरियो लोडसेडिङको सुरुवात, तीन समयको चरणमा ६ घण्टा विद्युत् कटौती

चितवन । चितवन जिल्लाका केही क्षेत्रमा आज (साउन ११) देखि दैनिक ६ घण्टासम्म लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले लोड बढेका कारण तीन चरणमा विद्युत् आपूर्ति कटौती गर्ने तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले दिएको जानकारी अनुसार, गर्मी मौसमसँगै सिँचाइको माग बढ्दा विद्युत् खपत अत्यधिक भएको र हालको प्रसारण प्रणालीले उक्त लोड धान्न नसकेको कारण लोडसेडिङ गर्नु परेको हो ।

चनौली वितरण केन्द्रअन्तर्गतका नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर, र जगतपुर–रामपुर फिडरमा विद्युत् कटौती गरिनेछ ।

वितरण केन्द्रले बताएको छ कि भरतपुर १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पिएरसम्म भए पनि हाल उक्त लाइनमा ४५० एम्पिएरसम्मको लोड पुगेको छ । क्षमताभन्दा बढी प्रवाह हुँदा जोखिम बढेकाले आपूर्ति नियमित गर्न कटौती गरिएको हो ।

यस समस्या समाधानका लागि चनौलीमा अघिल्लो वर्षदेखि बसेनी सबस्टेशनमार्फत वैकल्पिक आपूर्तिका लागि नयाँ ३३ केभी लाइन निर्माण भइरहेकाले आगामी महिनामा सुधार हुने अपेक्षा गरिएको छ ।

तीन चरणको लोडसेडिङ तालिका यसप्रकार छः
नारायणी–माडी फिडर
बिहानः ६ः००—९ः००
दिउँसोः ३ः००—६ः००

मेघौली–विजयनगर–शुक्रनगर फिडर
बिहानः ९ः००—१२ः००
बेलुकाः ६ः००–९ः००

जगतपुर–रामपुर फिडर
दिउँसोः १२ः००–३ः००
रातिः ९ः००—१२ः००

विद्युत प्राधिकरणले उपभोक्तालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै सम्भव भएसम्म विद्युतीय उपकरणहरूको प्रयोगमा मितव्ययी बन्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP