मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा घुम्न आएका बंगाली पर्यटक अपहरण

2.4K
SHARES
काठमाडौंमा घुम्न आएका बंगाली पर्यटक अपहरण

पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल घुम्न आएका भारतीय बंगाली पर्यटक अपहरणमा परेको खुलासा भएको छ । अपहरणको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेकामा ३८ वर्षीय शिव सौरभ (नयाँ दिल्ली), ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय सन्दिप कुमार, ३८ वर्षीय जसप्रित सिंह (तीनैजना पञ्जाब), र ६४ वर्षीय रमेश जाधव (कानपुर) छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, ती भारतीय नागरिकहरूले नेपाल घुम्न आएका बंगाली पर्यटकहरूलाई सस्तो दरमा घुमाइदिने प्रलोभन देखाएर ललितपुरस्थित एक घरमा लगेर बन्धक बनाएका थिए । बन्धक बनाएपछि ती पर्यटकलाई शारीरिक तथा मानसिक यातना दिइएको र आफन्तहरूसँग ह्वाट्स एपमार्फत फिरौती मागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताए । काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेकाहरूको अनुसन्धानका लागि ६ दिनको म्याद लिएको जानकारी पनि प्रहरीले दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १४, बुधबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP