मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कमिलाले किन गह्रौं भारी बोक्छ?

8.5K
SHARES
कमिलाले किन गह्रौं भारी बोक्छ?

एकपटकको कुरा हो, अनानसी र उसको छोरा कवेकू दुइजना निकै चलाख र मेहनती किसान थिए । उनीहरूको खेत भने बेग्ला–बेग्लै थिए । दुबैले प्रत्येक वर्ष राम्रो फसल उब्जाउँथे । गाउँमा उनीहरूको प्रशंसा हुने गर्दथ्यो किनभने उनीहरूको खेत सँधै लहलहाउदो हुन्थ्यो ।

तर एक वर्ष प्रकृति नै उनीहरू विरुद्ध उभियो । त्यही वर्ष उनीहरूले सबैभन्दा असल बीउ रोपे, तर दुर्भाग्यवश, आकाशबाट पानी परेन । वर्षा नहुँदा जमिन सुक्खा भयो र बीउहरू जमिनभित्रै मरे । न अंकुर उम्रिए, न हरियाली देखियो । खेत सूखा बन्यो, उनीहरूको आशा निराशाले ढाकियो ।

कवेकू आफ्नो सुक्खा खेतमा गम्भीर अनुहार लगाएर हिंडिरहेको थियो । उसको मनमा अनेक चिन्ताहरू घुमिरहेका थिए— ‘अब मेरो परिवारलाई खाने अन्न कहाँबाट ल्याउने हो ? अब के गर्ने ?’ उसले खेतको आलीमाएकजना कुप्रो बामपुड्के बुढा बसिरहेको देख्यो ।

बामपुड्केले कवेकूलाई सोध्यो, ‘किन यति उदास देखिएको छौ छोरा ?’

कवेकूले उसलाई सबै कुरा खुलाएर भन्यो, कसरी वर्षा नहुँदा फसल हुन सकेन, अनि आºना लालाबालको पेट कसरी भर्ने होला भनेर चिन्ता लागेको हो ।

त्यस बामपुड्केले मुस्कुराउँदै भन्यो, ‘तिमी चिन्ता नगर । म तिमीलाई पानी पार्न मद्दत गर्छु ।’

कवेकूले विस्मयका साथ सोध्यो, ‘तपाईंले कसरी पानी पार्न सक्नुहुन्छ ?’

बामपुड्केले जवाफ दियो, ‘तिमीले स–साना दुईवटा काठका टुक्रा ल्याउ । त्यसपछि ती काठका टुक्रहरूले मेरो कुप्रो ढाडमा ढोल बजाएझैँ बजाउ । अनि हामी दुईले एउटा गीत गाउनेछौं ।’

कवेकू छिट्टै दौडिएर दुईवटा स–साना काठ ल्यायो । उसले बामपुड्कोको कुप्रो ढाडमा ती काठहरू बजाउन थाल्यो । अनि उनीहरू दुईले सँगै एउटा गीत गाउन थालेः
‘पानी, पानी माथि जाऊ;
वर्षा बनी तल झर ।’

उनीहरूले जति गीत गाउँदै गए, त्यति नै आकाशमा कालो बादल मडारिन थाल्यो । हावा चल्न थाल्यो र अचानक, गडगडाहटसँगै मुसलधारे पानी पर्न थाल्यो । खेतले पानी सोस्न थाल्यो, धुलोले भरिएको जमिन पानीले नरम हुनथाल्यो ।

कवेकूको अनुहारमा पुनः आशाको मुस्कान फैलियो । उसले बामपुड्केलाई धन्यवाद दियो र घर फर्कियो । केही दिनमा नै अंकुर उम्रिए, र थोरै समयमै खेत हरियो भएर लहरायो । सबै गाउँले अचम्मित भए— सुक्खा खेतमा कसरी यति छिटो फसल फल्यो भनेर ।

अनानसीले कवेकूको खेतमा यस्तो परिवर्तन देखेर उसलाई निकै डाहा भयो । उसले तुरुन्तै कवेकूलाई बोलायो ।

‘तिम्रो खेतमा मात्र कसरी यस्तो भयो ? मेरो खेत त अझै पनि सुक्खा नै छ त !’ उसले कवेकूलाई सोध्यो ।

कवेकूले साँचो कुरा बतायो— कसरी कुप्रो बामपुड्केको सहयोगमा उसले खेतमा पानीपार्न सफल भयो, अनि त्यो गीत र स–साना काठहरूको कुरा पनि भन्यो ।

अनानसी चुपचाप मुस्कायो, तर भित्रभित्रै उसको मनमा लोभ र अहंकार भरिएको थियो । उसले सोच्यो, ‘यदि कवेकूले स–साना काठले त यस्तो भयो भने, म अब ठूला र गह्रौं काठ प्रयोग गरेर झन् दोब्बर पानी पार्नेछु ।’

अर्को दिन बिहानै अनानसी दुईवटा ठूला र गह्रौँ काठ लिएर खेतमा गयो । केही समयपछि उसले त्यही कुप्रो बामपुड्केलाई खेतको छेउमा बसिरहेको देख्यो । उसले हत्तपत्त ती काठहरू छेउमा लुकायो । अनि उसले बामपुड्केसँग पूर्ववत्

प्रश्न ग¥यो र बापमुड्केले पनि उसलाई उही उत्तर दियो— ‘तिमी स–साना दुईवटा काठ ल्याउ र मेरो कुप्रो ढाडमा बाजा बजाय जस्तै गरी बजाऊ, म वर्षा बोलाउनेछु ।’

तर अनानसीले चुपचाप आपूmले लुकाएर राखेको गह्रौं काठहरू निकाल्यो र बामपुडेको कुप्रो ढाडमा निकै जोरले हिर्काएर बजाउन थाल्यो । उसले बामपुडेकेलाई जति पीट्थ्यो, बामपुड्केको पीडा त्यति नै बढ्थ्यो । अन्ततः, त्यो बामपुड्के पीडा सहन नसकेर म¥यो ।

अब भने अनानसी एक्कासी डरायो । उसलाई थाहा थियो कि यो कुप्रो बामपुड्के त राजाको मनपर्ने दरबारी जोकर हो ! अब यदि राजाले कुप्रे बामपुड्के मरेको थाहा पाए भने त आफूले ठूलो विपत्ति झेल्नु पर्नेछ ।

अनानसीले बामपुड्केको लास उठायो, अनि एउटा कोलाको रुख माथि एउटा हाँगामा उसलाई राखिदियो । त्यसपछि रुखको मुनि बस्यो र कोही आएर उसलाई देखोस् भन्ने आशामा कुर्ने थाल्यो ।

त्यसैबेला कवेकू आइपुग्यो । वास्तवमा ऊ हेर्न आएको थियो कि उसको बाबु पानी पार्न सफल भए कि भएनन् भनेर । उसले रुखमुनि अनानसीलाई एक्लै बसिरहेको देख्यो र सोध्यो, ‘बाबा, के तपाईँले कुप्रो बामपुड्केलाई भेट्नुभयो ?’

अनानसीले झूट बोल्दै भन्यो, ‘हो, भेटेको थिएँ । ऊ यो कोलाको फल टिप्न रुखमाथि चढेको छ । धेरै बेर भयो, म यहाँ बसेर उसलाई कुरीरहेको छु ।’

कवेकूले भन्यो, ‘म रुखमाथि चढेर उसलाई तल ल्याउँछु नि त ।’

ऊ रुख चढ्यो र त्यहाँ बामपुड्केलाई एउटा हाँगामा चुपचाप बसिरहेको देख्यो, जब उसले बामपुड्केलाई बोलाउन यसो छोएको के थियो त्यत्तिकै बेला बामपुड्के भुइँमा खस्यो ।

यता अनानसी ठूलो स्वरमा चिच्यायो, ‘के गरिस् तैंले ! राजाको प्रिय बामपुडेकेलाई तैंले मारीस् !’

तर कवेकूले अनानसीको चाल बुझिसकेको थियो । उसले शान्तिपूर्वक जवाफ दियो, ‘हो, अब त म राजासँग पुरस्कार लिन्छु — राजाको फरमान आएको छ कि जसले यो बामपुड्केलाई मार्नेछ उसलाई एक थैली सुन पुरस्कार दिइनेछ ।’

अनानसी हतारिदैँ चिच्यायो, ‘होइन ! ईनाम त म लिन्छु । मले नै त हो यसलाई पीटेर मारेको ।’

कवेकूले शान्त स्वरमा भन्यो, ‘ठिक छ, यदि तपाईँले मारेको हो भने, यो लासलाई तपाईँ नै राजा कहाँ लैजानुहोस् ।’

अनानसी लोभमा फँस्यो । ऊ बामपुड्केको शव बोकेर दरबार गयो ।

जब राजाले बामपुड्के मरेको देखे, राजा निकै रिसाए । अनि उनले चिच्याउँदै भने, ‘तँले मेरो प्रिय बापुड्केलाई मारिस् ! यसको दण्ड तैँले जरुर भोग्नु पर्नेछ !’

राजाले बामपुड्केको शव एक ठूलो बाकसमा राख्न लगाए र एउटा जादुगर बोलाएर त्यो बाकसमा जादु गराए । त्यसपछि आदेश दिए— ‘अनानसीले यो बाकस सधैं आफ्नो टाउकोमा बोक्नुपर्नेछ । यो बाकस उसले त्यसबेलासम्म कहिल्यै जमिनमा राख्न सक्ने छैन — जबसम्म उसले यो अरू कसैलाई बोक्न लगाउँदैन ।’

अनानसी अब आपत्मा पर्यो । भारी बाकस बोकेर ऊ थकाइले हिँड्नै नसक्ने हुन्थ्यो तर पनि भारी बिसाउन सक्दैन थ्यो । ऊ दिनहुँ हाफिँदै, झुकिँदै थकित भएर घुमिरहन्थ्यो । एकदिन उसको भेट एउटा सानी कमिलासँग भयो । अनानसीले उसलाई भन्यो, ‘ए सानी बहिनी, के तिमी केहीबेरका लागि यो बाकस बोक्न सक्छ्यौ ? म चाँडै बजार गएर फर्कन्छु ।’

सानी कमिलाले भनी, ‘तपाईंले मलाई झुक्याउन खोज्नु भएको हो ?’

अनानसीले झूट बोल्यो, ‘होइन है । म पक्कै छिट्टै फर्किन्छु । तिमी विश्वास गर ।’

लाटीसोझी, निर्दोष कमिलाले उसको कुरा मानेर बाकस टाउकोमा राखी । अनानसी चाहिँ त्यसपछि कहिल्यै फर्किएन ।

सानी कमिला त दिनदिनभर उसकै बाटो हेर्दा हेर्दै मरी । भनिन्छ— त्यसपछि आज पनि सबै कमिलाहरूले आफ्नो शरीरभन्दा धेरै भारी बोझ बोकेका हुन्छन्, किनकि उनीहरूको पूर्वजले एक चतुर धूर्तबाट झुक्किएर त्यो भारी बोझ थामेका थिए ।

००

(अफ्रिकन लोककथामा आधारित)



अगुल्टो अगुल्टो   
  • २०८२ असार १२, बिहीबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP