मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एआईजीमा बढुवा भएका ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

2.5K
SHARES
एआईजीमा बढुवा भएका ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ठाडालाई दर्ज्यानी चिन्ह टाँसेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाडालाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदबाट एआईजीमा बढुवा गरेको थियो ।

चिह्न प्रदान गर्दै आईजीपी अर्यालले ठाडालाई पदोन्नतीप्रति बधाई ज्ञापन गर्दै नयाँ जिम्मेवारीलाई इमान्दारिता र व्यावसायिकताका साथ निर्वाह गर्न आग्रह गरे । उनले संगठनको दीर्घकालीन लक्ष्य प्राप्तिमा वरिष्ठ अधिकारीहरूबाट सञ्चित ज्ञान, सीप, अनुभव र क्षमताको समुचित प्रयोग हुने उल्लेख गर्दै सेवामूलक भूमिकामा नागरिकप्रति उत्तरदायी बन्नुपर्ने धारणा राखे ।

‘भ्रष्टाचार र लैङ्गिक हिंसाको विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै मानव अधिकारको सम्मान र प्रवर्द्धनमा कटिबद्ध भएर काम गर्नुपर्छ,’ अर्यालले भने, ‘अनुशासन, इमान्दारिता, पारस्परिक सहयोग र बन्धुत्वको भावना राखी संगठनप्रति समर्पित रहनुपर्छ ।’

दर्ज्यानी चिह्न प्रदान समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाल, संघका पदाधिकारी, सशस्त्र प्रहरीका विभिन्न तहका अधिकृत र जवानहरू सहभागी थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ४, बुधबार ११:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP