मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टिकटकमार्फत चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

3K
SHARES
टिकटकमार्फत चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत व्यक्तिहरूको चरित्र हत्या गरेको आरोपमा एक महिला प्रहरीको फन्दामा परेकी छिन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बस्नेतले टिकटकमा विभिन्न जातीय र धार्मिक समूहबीच द्वेष फैलाउने खालका सामग्रीहरू निरन्तर पोस्ट गर्दै आएकी थिइन् । त्यसका साथै, उनले केही प्रतिष्ठित व्यक्ति र संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउने भिडियोहरू सार्वजनिक रूपमा प्रसारण गरेकी थिइन् ।

साइबर ब्युरोले प्राप्त उजुरीहरूको आधारमा प्रविधि प्रयोग गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा ती सामग्रीहरू बस्नेतकै खाताबाट प्रकाशित भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ र हाल उनी प्रहरी हिरासतमा रहेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको साइबर ब्युरोले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनका सामाजिक सञ्जाल खाताहरूमा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं उपमेयर सुनिता डंगोलविरुद्ध आरोप लगाइएका सामग्रीहरू रहेका छन् भने रवि लामिछाने र मेयर बालेन शाहको पक्षमा बनाइएका भिडियो पनि भेटिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २, सोमबार ०८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP