मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हरमितको उत्कृष्ट प्रदर्शन, सुदूरपश्चिम रोयल्सद्वारा काठमाडौं गोर्खाज पराजित

2.2K
SHARES
हरमितको उत्कृष्ट प्रदर्शन, सुदूरपश्चिम रोयल्सद्वारा काठमाडौं गोर्खाज पराजित

काठमाडौं । हरमित सिंहले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजलाई ३० रनले हराउँदै सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमै ११८ रनमा समेटिँदै पराजित भयो ।

पहिलो खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले पराजित गरेको काठमाडौं गोर्खाजले दोस्रो खेलमा भने निराशाजनक प्रदर्शन गर्‍यो । सुदूरपश्चिमका बलरहरूको बलिङ अगाडि काठमाडौंका ब्याटरहरू टिक्न सकेनन् ।

काठमाडौंका आकाश त्रिपाठीले ३० बलमा ३४ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोन सिमसनले २५ रन, भीम सार्कीले १२ रन, मिलिन्द कुमारले ११ रनको योगदान दिए भने बेन चाल्सवर्थ (८), सन्तोष यादव (१), आदिल आलम (०) र कप्तान करण केसी (१) पनि दोहोरो अंक छुन असफल रहे ।

सुदूरपश्चिमका हेमन्त धामी, हरमित सिंह र स्कट कुग्लेनिजले २–२ विकेट लिए । ईशान पाण्डे, अविनास बोहोरा र नरेन साउँदले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुवाती चरणमा संघर्ष गर्‍यो । पहिलो ओभरमै दुई विकेट गुमाएको टोली ६ ओभरमा चार विकेट झर्दा २७ रन मात्र जोडेको थियो । तर मध्यक्रमबाट आएको पुनरागमनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍यायो ।

सबैभन्दा ठूलो योगदान हरमित सिंह र दिपेन्द्रसिंह ऐरीको साझेदारीको रह्यो । उनीहरुले ७औँ विकेटका लागि २५ बलमा ६१ रनको साझेदारी गरे । हरमितले २० बलमा २ चौका, ६ छक्का सहित ५३ रन जोडे भने दिपेन्द्रले ३० बलमा ३९ रन बनाए ।

इन्निङ्सको अन्तिम चरणमा दिपेन्द्रलाई जीवनदान मिलेको क्षणले पनि सुदूरपश्चिमको स्कोर निर्माणमा भूमिका खेलेको थियो ।

कप्तान करण केसीले पहिलो ओभरमै २ विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाए । उनले २ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट लिए । मिलिन्द कुमार, रसिद खान र सन्नी पटेलले पनि २–२ विकेट हात पारे ।

हरमित सिंहले आजको खेलमा अलराउन्ड खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच भए । उनले ब्याटिङमा २० खेल्दै ५३ रन जोडे भने बलिङमा २१ रन खर्चेर २ विकेट हात पारे । उनकै नेतृत्वमा सुदूरपश्चिमले खराब सुरुवातलाई जितमा परिणत गर्न सफल भयो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ३, बुधबार १४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP