मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्युञित् बू फुटसल कप २०८२: सिन्धुली एफसी च्याम्पियन

15.3K
SHARES
क्युञित् बू फुटसल कप २०८२: सिन्धुली एफसी च्याम्पियन

काठमाडौं । क्युञित् बू फुटसल कप २०८२ फुटसल प्रतियोगिताको उपाधि सिन्धुली एफसीले उचालेको छ । आइतबार भएको फाइनल खेलमा सिन्धुली एफसीले फिक्कल एफसीलाई २–० को स्पष्ट जित निकाल्दै उपाधि हात पारेको हो ।

फाइनल जितसँगै सिन्धुली एफसीले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता फिक्कल एफसीले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

पुरस्कार वितरण कार्यक्रम क्युञित् बू कल्याण कोषका अध्यक्ष वेदबहादुर सुनुवारले विजयी खेलाडी तथा टिम व्यवस्थापनलाई नगद, ट्रफी र प्रमाण–पत्र प्रदान गरेर सम्पन्न गरेका थिए ।

सेमिफाइनलको रोमाञ्चक यात्रा
यसअघि भएको पहिलो सेमिफाइनलमा फिक्कल एफसी र खिजीदेम्बा एफसी भिडेका थिए । निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिए पनि ट्राइब्रेकरमा ३–२ ले फिक्कल एफसी विजयी बन्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सिन्धुली एफसी र क्युञित् बू फुटसल टिम आमनेसामने भएका थिए । निर्धारित समयसम्म ०–० कै बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको र सिन्धुली एफसी विजयी बन्दै फाइनल यात्रा तय गरेको थियो ।

क्युञित् बू कल्याण कोषको आयोजनामा भएको खेलमा २८ टीमको सहभागिता रहेको थियो । खेलकुदमार्फत युवाबीच सहकार्य, सद्भाव र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्युँञित बू कल्याण कोषले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP