मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला एसिया कप : नेपाल र भारत आज आमने–सामने

2.3K
SHARES
महिला एसिया कप : नेपाल र भारत आज आमने–सामने

काठमाडौं | एसीसी यु–१९ महिला एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल मलेसियाको बायुमास ओभल मैदानमा नेपाली समयअनुसार मध्याह्न ११:४५ बजे सुरु हुनेछ।

हिजो सम्पन्न समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ मा प्रवेश गरिसकेको छ।

आइतबार भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटको फराकिलो जित दिएको थियो। पाकिस्तानले लगातार दुई खेलमा हार ब्यहोरेपछि नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुग्न सफल भएको हो।

प्रतियोगितामा एशियाका ६ टिम सहभागी छन्। समूह ‘ए’मा बंगलादेश, श्रीलंका र मलेसिया छन् भने समूह ‘बी’मा नेपाल, भारत र पाकिस्तान छन्।

आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’बाट छनोट भएका शीर्ष दुई टिमसँग खेल्नेछ। सुपर ४ चरणका खेलहरू बिहीबार र शुक्रबार खेलाइनेछ भने सुपर ४ बाट अगाडि बढेका दुई उत्कृष्ट टिमले आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष २, मंगलवार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP