मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्कृष्ट कमब्याक गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

3.2K
SHARES
उत्कृष्ट कमब्याक गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेट सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले ऐतिहासिक कमब्याकसहित उपाधि जितेको हो ।

लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले चौथो खेलसम्म तीन हार बेहोर्दा दबाबमा थियो । तर त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणका अन्तिम तीन खेलसहित कुल ६ खेलमा जित निकाल्दै टोलीले उपाधि जित्न सफल भयो । यस उपलब्धिलाई एनपीएल इतिहासकै उत्कृष्ट कमब्याकमध्ये एक मानिएको छ ।

सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो सिजन पनि उपविजेतामै सीमित भयो । पहिलो सिजनमा पनि सुदूरपश्चिम फाइनलमा पराजित भएको थियो ।

फाइनलमा लुम्बिनीको सहज जित
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा टस हारेर ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । यो जारी सिजनमा सबैभन्दा कम ओभरमा लक्ष्य पूरा भएको पहिलो खेल हो । यसअघि लिग चरणमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमको लक्ष्य भेटाएको थियो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे । कप्तान रोहित पौडेलले १६ रन बनाए भने डी’आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए भने दिलिप नाथ १ रनमा अविजित रहे ।

सुदूरपश्चिम बलिङमा पनि कमजोर
ब्याटिङमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि प्रभाव जमाउन सकेन । कप्तान दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २९ रन खर्चिँदै १ विकेट लिए । स्कट कुगेलेइजनले २ ओभरमा २२ रन खर्चिए तर विकेट लिन सकेनन् । हर्मित धामीले सर्वाधिक २ विकेट लिए भने दीपेन्द्र र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।

रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए । उपाधि जिताउन निर्णायक भूमिका खेलेका रोहितले यो उपलब्धिसँगै कार पुरस्कार प्राप्त गरे ।

फाइनल खेलमा उनले ३ विकेट लिएका थिए । सम्पूर्ण प्रतियोगितामा रोहितले ९ विकेट लिँदै बलिङमा पनि प्रभावशाली प्रदर्शन गरे । ब्याटिङतर्फ उनले १० खेलमा २७६ रन बनाउँदै सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । उत्कृष्ट ब्याटर घोषित हुँदै उनले मोटरसाइकल पुरस्कार पनि पाए ।

तीन खेलाडीले जिते बाइक
एनपीएल सिजन–२ मा तीन खेलाडीले मोटरसाइकल पुरस्कार जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र कप्तान रोहित पौडेलले बाइक प्राप्त गरे ।

शेर मल्ल ‘बेस्ट राइजिङ खेलाडी’ घोषित हुँदै बाइक जित्न सफल भए । पुरस्कार पाएपछि उनले भने, “यो मेरो जीवनकै पहिलो बाइक हो ।”
उत्कृष्ट बलर घोषित सन्दीप लामिछानेले पनि बाइक पुरस्कार पाए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार १३:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP