मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुधबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

2.8K
SHARES
बुधबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागको उत्तरतर्फ सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको असरस्वरूप पहाडी भू–भागमा अधिकांश स्थानमा बदली देखिएको छ भने तराईका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।

प्रमुख नदीहरूको बहाव सतर्कता आसपास
आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीको बहाव सतर्कता तहको आसपासमा पुगेको छ । कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा कन्काई नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तल रहेको देखिएको छ ।

कैलाली र कञ्चनपुरमा उच्च जोखिम
बुधबार कैलाली, कञ्चनपुर तथा तिनका आसपासका जिल्लाबाट बग्ने साना नदीहरूमा बहाव उल्लेखनीय रूपले बढ्ने अनुमान गरिएको छ । यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाको चेतावनी छ ।

मध्यम जोखिमका क्षेत्रहरू
दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेख जिल्लाबाट बहने साना नदीहरूमा पनि बहावमा उल्लेखनीय वृद्धि हुने देखिएको छ । यी क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम स्तरको उच्च सम्भावना छ ।

सम्भावित प्रभावित अन्य जिल्ला
त्यस्तै, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), रुपन्देही, नवलपरासी पूर्व र पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी र दार्चुला जिल्लाबाट बहने साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने अनुमान गरिएको छ ।

सचेत रहन आग्रह
बाढी पूर्वानुमान महाशाखाले विशेषगरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित बाढीजन्य घटनाबाट जोगिन पूर्वतयारी रहन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP