मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्वोच्चको अन्तरिम आदेश: देउवा दम्पतीलाई पक्राउ नगर्नू

273
SHARES
सर्वोच्चको अन्तरिम आदेश: देउवा दम्पतीलाई पक्राउ नगर्नू

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी पक्राउ प्रक्रियामा सर्वोच्च अदालतले रोक लगाएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबाट उत्पन्न हुने मुद्दा विशेष अदालतमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको प्रक्रियामाथि प्रश्न उठाएको छ ।

गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेका अनुसन्धानसम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने व्यवस्था गरिएको छ । तर, सो प्रावधान विपरीत जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको भन्दै सर्वोच्चले उक्त पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अन्तरिम आदेशसँगै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नहुने भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार १२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP