मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, ५ प्रतिशतले बृद्धि

234
SHARES
फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, ५ प्रतिशतले बृद्धि

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा आएको तीव्र वृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ । विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा समायोजन गर्ने प्रावधानअनुसार नयाँ दर लागू गरिएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारीसँगै पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक तथा तराईका मालवाहक सवारी साधनको भाडा पनि बुधबारदेखि नै बढाइएको छ । विभागले यस निर्णयलाई इन्धन मूल्यसँग प्रत्यक्ष सम्बन्धित स्वचालित प्रक्रिया भएको भनेको छ ।

विभागका अनुसार हाल डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसाबाट बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ । वैशाख ३ गतेसम्मको यो वृद्धि अघिल्लो समायोजनको समयको तुलनामा करिब ३०.४१ प्रतिशत बढी हो । यही कारण भाडा समायोजन अपरिहार्य बनेको विभागको भनाइ छ ।

यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो । तर त्यसयता इन्धनको मूल्यमा पुनः उल्लेख्य वृद्धि भएपछि भाडा फेरि बढाउनुपर्ने अवस्था आएको हो । विभागले इन्धनको मूल्य घटेमा सोही प्रणालीअनुसार भाडा पनि घट्ने स्पष्ट गरेको छ ।

भाडा वृद्धि सम्बन्धी निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ गते नै सैद्धान्तिक सहमति दिएको थियो । त्यसपछि विभागले आवश्यक प्रक्रिया पूरा गर्दै नयाँ दर लागू गरेको हो ।

यद्यपि विद्युतीय सवारी साधन प्रयोगकर्ताका लागि भने राहत कायम राखिएको छ । विभागले विद्युतीय सवारीको भाडा नबढ्ने स्पष्ट पारेको छ, जसले वैकल्पिक ऊर्जामा आधारित यातायातलाई प्रोत्साहन गर्ने संकेत पनि दिएको छ ।

भाडा वृद्धिले यात्रु तथा व्यवसायी दुवैमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । दैनिक यात्रुहरूका लागि खर्च बढ्ने भए पनि व्यवसायीहरू भने बढ्दो सञ्चालन खर्च सम्हाल्न यो निर्णय आवश्यक रहेको बताउँदै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १६, बुधबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP