मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन सफल बनाउन सबै दलको दृढ प्रतिबद्धता आवश्यक : प्रधानमन्त्री कार्की

1.9K
SHARES
निर्वाचन सफल बनाउन सबै दलको दृढ प्रतिबद्धता आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आउने फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कुनै पनि प्रकारको विचलन सह्य नहुने स्पष्ट सन्देश दिएकी छन् । सिंहदरबारमा बुधबार आयोजित दलगत छलफलमा उनले निर्वाचन सफल बनाउन सबै दलको दृढ प्रतिबद्धता आवश्यक भएको बताइन् ।

एमाले लगायतका केही दलहरूले संसद् पुनःस्थापना र निर्वाचन बहिष्कारका विषय उठाइरहेका बेला प्रधानमन्त्री कार्कीले यस्ता गतिविधिले देशलाई पुनः अस्थिरतामा फसाउने चेतावनी दिइन् । उनले कानुनी प्रक्रियामार्फत मात्र यस्ता मागहरूको समाधान खोजिने बताउँदै राजनीतिक अस्थिरतामा खेलवाड नगर्न आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई दिएको उनका मुख्य ७ सन्देश यसप्रकार छन्ः

  • फागुन २१ को निर्वाचन कुनै हालतमा रोकिँदैन । सबै दलहरूले यसलाई आफूहरूको संवैधानिक दायित्वका रूपमा लिनुपर्छ ।
  • मंसिर १० गतेभित्र अनिवार्य रूपमा दल दर्ता गराउनुहोस्, दल दर्ता गराएर चुनावमा नगए त्यो लोकतान्त्रिक जिम्मेवारीबाट पलायन मानिनेछ ।
  • संसद् पुनःस्थापनाको माग अब मान्य छैन, यस्तो अडानले देशलाई फेरि अस्थिरतामा धकेल्छ ।
  • द्वेषपूर्ण भाषा, हेट स्पीच र आचारसंहिताविरुद्धका अभिव्यक्तिमा कडा कारबाही हुन्छ । सरकारले यसमा निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्छ ।
  • निर्वाचन आयोग सबलीकरण, खर्च कटौती र पारदर्शिता सरकारको प्राथमिकता हो, प्रचार अवधि २१ दिनमा सीमित हुनेछ ।
  • गत भदौ २३ र २४ गते भएको जेन(जी युवाहरूको विद्रोहलाई सकारात्मक राजनीतिक सहभागितामा रूपान्तरण गरिन्छ, कानुन सुधार गर्दै युवाको भूमिकालाई बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।
  • निर्वाचन सुरक्षित, भयरहित र विश्वसनीय बनाइन्छ । सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।

प्रधानमन्त्रीले सबै दलहरूलाई आह्वान गर्दै राष्ट्रिय स्थिरता र लोकतान्त्रिक अभ्यासलाई सर्वोपरि राखेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ४, बिहीबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP