मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मौसम आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

65
SHARES
देशभर मौसम आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशभरको मौसम अवस्था आंशिकदेखि सामान्य बदलीसम्म रहने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरू र अन्य हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । त्यस्तै मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहनेछ ।

दिउँसोको समयमा केही पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने संकेत पनि गरिएको छ ।

हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्र नजिकको न्यून चापीय प्रणालीको आंशिक असर रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १४, सोमबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP