मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनबारेको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो

1.5K
SHARES
जेनजी आन्दोलनबारेको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले त्यसको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न गठित आयोगले तेस्रो पटक थपिएको कार्यावधि सकिनुभन्दा एक दिनअघि प्रतिवेदन बुझाएको हो ।

जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएपछि असोज ५ गते उक्त आन्दोलनका घटनाबारे सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २४, आईतवार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP