मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

585
SHARES
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । उक्त प्रणालीका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोको अवस्था
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको अवस्था
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने कोशी र गण्डकीका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ । नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १६, शनिबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP