मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउँछौँ’

52
SHARES
‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउँछौँ’

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको नेतृत्वमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न सरकार गम्भीर रूपमा जुटेको बताएकी छन् । काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै उनले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउने वर्तमान संरचना बदलिने संकेत गरेकी हुन् ।

प्रधानमन्त्रीसमेत रहेकी कुलपति कार्कीका अनुसार विश्वविद्यालयमा राजनीतिकरण बढ्दै गएको आलोचनालाई ध्यानमा राख्दै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विभिन्न विश्वविद्यालयका कुलपति–उपकुलपति तथा सरोकारवालासँग गहन छलफल गरिरहेको छ । उक्त छलफलको नतिजा स्वरूप ‘ऐन संशोधन गरी प्राज्ञिक व्यक्तिले कुलपतिको भूमिका निर्वाह गर्न सक्ने’ व्यवस्था ल्याउने तयारी भइरहेको उनले स्पष्ट पारिन् ।

“पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता गहिरो रूपमा उठेको छ,” कार्कीले भनिन्, “शिक्षामन्त्री पुनज्यूले यस विषयमा व्यापक छलफल र गृहकार्य गरिरहनुभएको छ । ऐनमा आवश्यक संशोधन गरेर विश्वविद्यालयको नेतृत्व पेशेवर तथा प्राज्ञिक हातमा जाने वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”

उनका अनुसार यस्तो परिवर्तनले दशौँ वर्षदेखिको विश्वविद्यालय राजनीतिकरणको परम्परामै सुधार ल्याउने विश्वास सरकारले लिएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौँ विश्वविद्यालयले पारेको प्रभाव र प्रस्तुत गरेको सकारात्मक मोडेलको प्रशंसा गर्दै अन्य विश्वविद्यालयहरूलाई पनि त्यसलाई अनुकरण गर्न आग्रह गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २४, बुधबार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP