मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुङ्गामा प्रतिनिधि छनोट प्रक्रिया पुनः सुरु गर्न एमालेको निर्देशन

2.5K
SHARES
ओखलढुङ्गामा प्रतिनिधि छनोट प्रक्रिया पुनः सुरु गर्न एमालेको निर्देशन

काठमान्डु । नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई पाँच दिनभित्र प्रतिनिधि निर्वाचन प्रक्रिया पुनः सुरु गर्न निर्देशन दिएको छ । मंसिर १६ मा जारी पत्रमार्फत केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा मात्र सम्पन्न गरिएको प्रतिनिधि छनोट प्रक्रिया स्वीकार्य नहुने स्पष्ट गरेका हुन् ।

पत्रमा उल्लेख भएअनुसार अपानी–१३ को निर्देशना विपरीत प्रतिनिधि छनोट गरिएको, आठमध्ये छवटा पालिका कमिटीहरूको आग्रह बेवास्ता गरिएको, धेरै इच्छुक उम्मेदवारको असहमति उठेको तथा प्रदेश कमिटी र केन्द्रीय संगठन विभागकै निर्देशन उल्लंघन भएकाले निर्वाचन प्रक्रिया बदर गरिएको छ ।

नयाँ निर्वाचनका लागि सबै आम सदस्यहरूलाई प्रभावकारी रूपमा जानकारी गराई प्रत्येक पालिकामा मतदान केन्द्र स्थापना गर्न तथा पाँच दिनभित्र प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिइएको छ । पुनः निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राईसहित केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई समन्वयको जिम्मेवारी तोकिएको छ ।

गत शनिबार सम्पन्न प्रतिनिधि छनोटमा १,५१८ मत खसेका थिए । ईश्वर पोखरेल समूहले ‘क्लिन स्वीप’ गर्दै सबै १२ प्रतिनिधि जितेका थिए । खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकराम धमला तथा दलिततर्फ ज्यानु कालिकोटे विजयी भएका थिए ।

जिल्लामा ७,१३५ मतदाता रहेकामा सदरमुकाममा मात्र राखिएको मतदान केन्द्रमार्फत १,५१८ जनाले सहभागिता जनाएका थिए । यही संरचनालाई लिएर कोसी प्रदेश कमिटीले पहिले नै अस्वीकारको संकेत दिँदै विवाद, निम्न उपस्थिती (१५ प्रतिशत पनि नपुगेको) र निर्देशन उल्लंघनका कारण परिणाम स्वीकार्य नहुने धारणा सार्वजनिक गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ०५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP