मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीद्वारा अपरान्ह सर्वदलीय बैठक आह्वान

1.3K
SHARES
प्रधानमन्त्री कार्कीद्वारा अपरान्ह सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका हालसम्मका काम, निर्णय र तयारीबारे राजनीतिक दलहरूलाई जानकारी गराउन आज सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सम्पूर्ण दललाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।

सरकारले अहिलेसम्म गरेका गतिविधि, नीति–कार्ययोजना र विभिन्न क्षेत्रमा गरिएको प्रगतिबारे विस्तृत जानकारी दिने उद्देश्य बैठकको रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ३, बुधबार ०६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP