मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सन्तोष परियारले छाडे रास्वपा, ‘नयाँ जनमुखी अभियान’ सुरु गर्ने घोषणा

1.7K
SHARES
सन्तोष परियारले छाडे रास्वपा, ‘नयाँ जनमुखी अभियान’ सुरु गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाउँदै अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा परियारले लगातार पार्टीभित्र विचारको बहस गरे पनि त्यसलाई संस्थागत गर्न नसकेकोतर्फ संकेत गर्दै गहिरो निराशा व्यक्त गरेका छन् । उनले लेखेका छन्, “नेपाली समाजको विशिष्टता र चरित्रअनुसारको पार्टी विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु ।”

भदौ २३ र २४ गते भएको ‘Gen-G पुस्ताको विद्रोह’ नेपाली राजनीतिको परम्परागत ढाँचामाथि निर्णायक चुनौती बनेको उल्लेख गर्दै परियारले उक्त आन्दोलनले पुरानो राजनीतिक संरचना अब सक्षम नभएको स्पष्ट पारेको बताए । उनका अनुसार जेनजी पुस्ताको विद्रोहले समकालीन चेतना निर्माणमा महत्वपूर्ण प्रभाव पारेको छ ।

उनले अगाडि लेखेका छन्, “नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्तामा आएको छ ।”

बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै आफू अब फरक धारणाका नयाँ राजनीतिक यात्रामा लाग्ने बताउँदै उनले कार्तिक २८ गतेदेखि रास्वपाको कुनै जिम्मेवारी तथा सामान्य सदस्यता समेत नरहने घोषणा गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP