मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त आईजीपी कार्कीले सम्हाले कमाण्ड, गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान

2K
SHARES
नवनियुक्त आईजीपी कार्कीले सम्हाले कमाण्ड, गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । दानबहादुर कार्की औपचारिक रूपमा नेपाल प्रहरीको ३०औँ महानिरीक्षक (आईजीपी) बनेका छन् । गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सचिव रामेश्वर दंगालले उनलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिए ।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका थिए । त्यससँगै नेपाल प्रहरीको कमाण्ड आईजीपी कार्कीको मातहत आएको हो ।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो ।

२४ भदौमा जेनजी आन्दोलनको समयमा कार्कीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए, जब २३ भदौमा उपत्यका एआईजीविहीन थियो । त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुख थिए ।

डीआईजी पदमा रहँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए भने एसएसपीका रूपमा काठमाडौं प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको थियो ।

फिल्ड अनुभव र प्रशासनिक दक्षताका कारण इमानदार र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित कार्कीलाई संगठनभित्र जिम्मेवार र निष्पक्ष नेताको रूपमा हेरिन्छ ।

विदेशी तालिम र प्रवक्ता अनुभवसमेत बोकेका कार्की अब संगठन सुधार र व्यावसायिक क्षमताको सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP